१३ माघ २०७२, बुधबार

पैसा साँच्चिकै बोटमा फल्छ भनेर कसैले भनिदिए असमञ्जस्यतामा पर्नु स्वभाविक हो । तर जंगलमा त्यसै खेर गइरहेको अल्लोलाई लमजुङकी एक महिलाले पैसामा रुपान्तरण गरेर पैसा साँच्चिकै बोटमा फल्छन् भनेर चरितार्थ गरेर देखाएकी छिन्. । अल्लोबाट जिविकोपार्जन गर्न सकिने देखेपछि उनले आफ्नै घरमा घरेलु प्रविधि अपनाएर अल्लोको लोकताबाट धागो निकालेर विभिन्न किसिमका कपडाहरु तयार पार्दै आएका छन् । जसबाट उनले मनग्य आम्दानी गर्दै आएकी छिन् ।

vlcsnap-8661-06-06-04h57m01s625

लमजुङको बेसीशहर नगरपालिकाकी पार्वती गुरुङले अल्लोको कपडा उद्योग सञ्चालन गर्दै आएकी छिन् । पर्यटकीय गाउँ घलेगाउँकी गुरुङले अल्लोको कपडा बनाएर मनग्ये आम्दानी गर्न सकिन्छ भन्दै अल्लोको कपडा उत्पादन गर्दै आएकी हुन् । उनले जंगलमा त्यसै खेर गइरहेको अल्लोलाई जम्मा पारेर घरेलु प्रविधिबाट त्यसलाई धागो बनाएर कपडा उत्पादन शुरु गरेकी हुन् । एकल लगानीमा उद्यमी बनेकी गुरुङले आफुले जानेको सिपलाई अन्य दिदी बहिनीहरुलाई समेत सिकाएर आत्मनिर्भर बन्ने बाटो देखाउँदै आएकी छिन् । यसका लागि उनले अल्लोबाट कपडा बुन्ने तालिम समेत संचालन गर्दै आएकी छिन् । सदियौंदेखि जंगलमा खेर गइरहेको अल्लोबाट उत्पादित कपडा लगाउँदा रक्तचापका बिरामीलाई फाइदा पु¥याउने गुरुङको दाबी छ । जाडोमा न्यानो र गर्मीमा शीतलता प्रदान गर्ने भएकाले अल्लोबाट उत्पादित कपडा केही मात्रामा महंगो भएपनि यसको माग उच्च रहेको गुरुङको भनाई छ । विगतको तुलनामा अहिले अल्लोको लोकता सहज ढंगबाट पाइएकाले कुनै समस्या नरहेको उद्यमी गुरुङ बताउछिन् । सुकेको लोकतालाई उसिनेर धागो निकालेर सुकाउने गरिन्छ । त्यही धागोबाट तानको सहायताले कपडा बुन्ने गरिन्छ । लोकताको धागोबाट विभिन्न किसिमका लुगा सिउन कपडा मात्र होइन ब्याग, सल, स्टकोट, कोटलगायत सामग्री उत्पादन हुने गरेको छ । त्यसरी उत्पादन गरिएका सामाग्री नेपाली बजारमै खपत हुने गरेको उनले बताए । पर्यटकीय गाउँ सिक्लेसबाट बेसीशहरमा अल्लो बुनाईको तालिम लिन आएकी इन्द्रकुमारी गुरुङले देश विदेशबाट अल्लोको माग उच्च भएकोले अल्लोको कपडा बनाएर आत्मनिर्भर हुन सक्ने बताए । अल्लोको लोकता कात्तिकदेखि पुस महिनासम्म संकलन गरी गर्मी लागेपछि पकाएर रेसा निकालिने गरिन्छ । लमजुङमा उत्पादन भएका सामाग्रीहरु काठमाडौं, पोखरा, चितवनलगायत विदेश समेत बिक्री हुने गरेको छ । उच्च पहाडी क्षेत्रको जंगलमा पाईने चाल्ने सिस्नो भनेर चिनिने अल्लोको पुवालाई प्रसोधन गरेर तयार गरेको धागोबाट कपडा बनाउने गरिएको छ । गाउँलेले जंगलबाट संकलन गरेको पुवालाई प्रसोधन गरि बनाएको धागो प्रतिकिलो एक हजार रुपैयाका दरले खरिदविक्री हुने गरेको छ । कपडा बनाउन थालेपछि एकातिर जंगलमा खेर गैरहेको अल्लो पुवा उपयोगमा आएको छ भने अर्कोतर्फ महिलाहरुले पनि आफ्नो घरमै उद्यम गरेर आर्थिक रुपमा सवल बन्न पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV