
बुधबार सुनको भाउ पुन बढेको छ । साताको सुरुवात देखि नै उकालो लागेको सुनको भाउ बुघबार ४ सय रुपैयाले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
मङगलबार ५० हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन बुधबार प्रतितोला चार सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महाँसंघले जनाएको छ । मङगलबार प्रति तोलामा ६ सय रुपैयाँले बढेकोे सुनको भाउ बुधबार पुन बढेर ५१ हजार ३ सय रुपैयामा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरी बुधबार तेजावी सुन प्रतितोला ५१ हजार ३ सय रुपैयाँमा कारोवार भइरहेको छ । पछिल्लो समय डलरको भाउमा आएको उत्तारचढावको कारण नेपाली बजारमा सुनको भाउमा घटबढ भइरहेको नेपाल सुन चाँदी ब्यवसायी महासंघले जनाएको छ । त्यसै गरि बुधबार चाँदी १० रुपैयाले बढेको छ । यसअघि मङगलबार चाँदी प्रतितोला ६ सय ८५ रुपैयाँमा कारोबार भएको थियो भने मङगलबार चाँदी प्रतितोला ६ सय ९५ रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।