१३ माघ २०७२, बुधबार

मुगु जिल्ला स्थित पश्चिम सोरु भेगका स्थानियबासीले परम्परागत रुपमा गर्दै आएको कपास खेती हराउँदै गएको छ । आधुनिकतासंगै बढदो तयारी पोशाकको प्रयोगले कपास खेती हराउँदै गएको हो ।

1211 10
जिल्लाका २४ गाविसमध्य सोरुभेगमा रहेका जिमा,नार्थपु,फोतु,रारा,भीई र कालै गाविसहरुमा परम्परागत रुपमा पाखो जमिनमा लगाउँदै आएको कपास खेती केही बर्ष यता हराउँदै गएको छ । गाउँमा कपास उत्पादन गर्ने र शहरबाट सुत्ती सेतो धागो ल्याएर कपाडा उत्पादन गरि महिला तथा पुरुषले दौरा सुरुवाल,घाघर, आँगो, पटुका सिलाएर लगाउँने प्रचलन थियो । तर बिस्तारै शहरी क्षेत्रबाट तयारी पोशाक भित्रिन थालेपछि स्थानीयले कपास खेती लगाउ“न छोडेका छन् । पहिले कपास खेती नगर्ने मान्छेलाई शरीर ढाक्नै मुश्किल हुने गरेको फोतु गाविसका मान्ते शाहीले संस्मरण सुनाए । तर हिजो आज त बिभिन्न रङका सिलाई सहितका कपडा घरमै ल्याउँन थालेपछि स्थानीयले कपास खेती बिर्सेको उनले बताए । आधुनिक मेसिन नहुँदा कपासबाट धागो निकालेर कपाडा बनाउँन दुःख हुने गरेको शाहीले बताए ।

97 6
पाखो जमिनमा लगाएको कपासबाट एकतिर धागो उत्पादन गरि घरेलु कपडा बनाएर लगाउँन पाइने र अर्कोतिर कपासको बीयाँ ढुंगे ओखल मार्फत तेल पनि निकाल्न पाइने दोहोरो फाइदाको रुपमा कपास प्रयोग हुने गरेपनि आधुनिक प्रबिधिको समस्याले कपास लोप हुँदै गएको स्थानीय कृषकहरु बताउँछन् । केही बर्ष अघिसम्म फोतु,नार्थपु,जिमा गाविसमा अधिकांश स्थानियबासीले कपास खेती गर्दै आएका थिए । बैशाख महिनामा पाखो जमिनमा लगाइएका कपासको फूल भदौदेखि कार्तिक अन्तिमसम्ममा टिप्ने गर्दथे । तर हिजो आज कपास खेती छोडेर यहाँका कृषकहरुले कोदो,सिमि,मास,काउँनी र चिनो लगाउँने गरेका छन् ।

4 3 2

LIVE TV