१३ माघ २०७२, बुधबार

हररर चलचित्र हेर्ने दर्शक थुप्रै छन् । तरपनि नेपालमा यो समय हररर चलचित्रहरु बन्न सकेका छैनन् । यसैक्रममा निर्देशक अरविन्द एमले निर्देशन नेपाली हररर थ्रीलर चलचित्र ‘ट्वेन्टी सेभेन आवर्स’ प्रदर्शनको लागि तयार भएको छ ।

1

चलचित्रको फस्टलुक पोस्टरहरु सार्वजनिक भएका छन् । निकै फरक शैलीमा डिजाइन गरिएको पोस्टरहरुको डिजाइन जय र बिप्लोपले गरेका हुन् । एक पोस्टरमा धुवाबाट बनाइएको डरलाग्दो आत्मा निकै आकर्षक देखिन्छ । प्राबिधीक पक्ष बालियो भएकोले हलिउड र बलिउड हररर चलचित्र हेर्ने दर्शकलाई ‘ट्वेन्टी सेभेन आवर्स’ले निकै मनोरञ्जन दिने निर्देशक अरविन्द बताउछन् । सम्पुण प्राबिधीक समेत साउथ इन्डियननै रहेको यो चलचित्रको टिजरलाई दर्शकले रुचाई सकेका छन् ।भारतको हैदरावादमा पोस्टप्रोडक्सनको काम भैरहेकोको छायाँकन नेपालको पाल्पा ,बुटवल र भारतको मुम्बईमा छायांकन गरिएको हो ।

3

२७ घण्टामा एक ब्यक्तीको जिबनभित्र घटेको घटनालाई चलचित्रले रमाईलो ढंगबाट प्रस्तुत गरेको छ । चलचित्रमा रिजन कोइरालाको संगित , वँशी अट्लुरीको सम्पादन , सचिन सतमको भिएफएक्स , सिध्धु पुजारीको कोरियोग्राफी , मुर्गान र पबनको छायँकन रहेको छ । चलचित्रलाई कलाकार समेत रहेका दिपक लम्सालले निर्माण गरेका हुन् । सुनिन मानन्धरले वितरण गर्ने यो चलचित्र चैत्र १९ गतेबाट प्रदर्शनमा आउने छ ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV