१३ माघ २०७२, बुधबार

 

आर्यनले आफ्नो भन्दा बाहिरी ब्यानरमा काम नगर्ने भन्द} बोलेको महिना दिन नबित्दै आफ्नै भनाई विपरित काम थाले । आफूले अभिनय गरेका फिल्म अलपत्र छाडेर सार्वजनिक कार्यक्रममा देखिने उनको निर्णयले यही संकेत गरेको छ । आर्यन यसरी बाहिर हिड्दा उनले काम गरेका केही फिल्मका निर्माता भने चर्को मारमा परेका छन् ।

aabegvlcsnap-2016-01-25-17h46m49s127

आफू सिनेजोन स्टूडियोमा हुने र कार्यक्रममा आउने भन्दै आर्यनले जानकारी दिएका थिए  । तर आर्यनले राम्रो पारिश्रमिक लिएर काम गरेको फिल्म ‘आवेग’को पत्रकार सम्मेलनमा उनी उपस्थित भएनन्। आर्यनले म आउन सक्दिन भन्दा भन्दै  निर्देशकले कार्यक्रम आयोजना गरेका थिएनन् । यसैले एक सातादेखि आयोजना गरिने भनिएको कार्यक्रम आर्यनले समय दिएपछि भएको थियो ।

abeg

आर्यन  पत्रकार सम्मेलनमा उपस्थित नभएपछि निर्देशक जंगिए ।  आर्यनले निर्देशक निरौलाको फोन नै नउठाई गुल्मी हिडिदिए । निर्देशक बसन्तले आर्यनले आफूहरुलाई धोका दिएको बताए ।  तर कार्यक्रममा आउछु भनेर पनि उपस्थित नहुने आर्यनको व्यवहार व्यावसयिक कलाकारको जस्तो देखिएन  ।

 

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV