
फिल्मको पर्दामा विभिन्न खालको भूमिका निर्वाहा गर्ने सौगात बास्तविक जीवनमा भने कम बोल्छन् । अभिनेता सौगात मल्ल बाहिर हेर्दा सोझा जस्तो देखिन्छन् । झट्ट हेर्दा उनी सालिन पनि छन् ।
अहिलेसम्म कुनै हिरोइनसँग अफेयरको चर्चा बाहिरिएको पनि छैन । तर केही समययता मोडल सोनी केसी र सौगातका बीचमा केही पाकिरहेको फिल्मीबजारमा चर्चा छ ।मोडल सोनी केसीले सौगातसँग खिचेको सेल्फीलाई लिएर चर्चा सुरु भएको हो । हुनत, देशकै चर्चित अभिनेतासँग तस्बिर राख्ने चाहना जोकोहीको पनि हुनसक्छ । र सोनीले पनि खिचेकी होलिन् तर सौगात अभिनित फिल्म ‘फन्को’ प्रदर्शनको समयमा पनि मोडल सोनी केसीले खुबै प्रमोट सामाजिक संजालबाट गरेकी थिइन् ।सोनी केसी केही म्यूजिक भिडियोमा काम गरेकी मोडल हुन् । अहिले उनले सौगातसँग खिचिएको तस्बिर आफ्नो फेसबुकको प्रोफाइल नै बनाएकी छिन् । सौगात र उनको तस्बिरमा विभिन्न खालको कमेन्ट आइरहेको छ । कतिपयले यो जोडीलाई वधाई पनि दिएका छन् । तर, सौगात र सोनी आफूहरुलाई साथी भन्न रुचाउँछन् ।