
कलाकार उत्तम केसि चलचित्र बिकास बोर्डको नयाँ सदस्यमा नियुक्त भएका छन ।बिकास बोर्डमा सदस्य रहेका शुरेश दर्पण पोखरेल लामो समय अमेरीका बसेपछि उनको स्थानमा उत्तम केसिले नियुक्ती पाएका हुन ।बिकास बोर्डको सदस्य बाट हटाइएका शुरेश दर्पणले आफुलाइ बिना जानकारी बोर्ड बाट हटाइएकोमा आव्रmोश पोखेका छन ।भने छिट्टै नेपाल फर्केर कानुनी प्रव्रmीय आगाडि बडाउने बताएका छन ।नब नियुक्त सदस्य उत्तम केसी एमाले निकट मानिन्छन ।पुर्ब सञ्चार मन्त्री मिनेन्द्र रीजालले शुरेश दर्पण पोखरेल लाइ नियुक्त गरेका थिए ।चलचित्र क्षेत्रको बिकास र प्रबद्र्धनको लागि स्थापना गरीएको चलचित्र बिकास बोर्डमा हुने राजनैतिक नियुक्ती प्रायजसो बिबादीत हुने गरेको छ ।