१३ माघ २०७२, बुधबार

उपप्रधान तथा सहकारी विकास तथा गरिवी निवारण मन्त्री चित्रवहादुर केसीले नाकावन्दीको विषयलाई सरकारले अन्तराष्ट्रियकरण गर्न नसकेको बताउनुभएको छ । उहाँले अन्तराष्ट्रिय जगतले साथ दिन्छु भन्दा पनि सरकारले अन्तराष्ट्रियकरण गर्न नसक्नु कमजोरी भएको स्वीकार गर्नुभयो ।न्युज २४ टेलिभिजनको नियमित प्रस्तुती कार्यक्रम ६ प्रश्नमा कुरा गर्दै उपप्रधानमन्त्री केसीले भूकम्प र नाकावन्दीको दोहरो मारमा परेका जनताले सरकारलाई साथ दिदा दिदै पनि आफूहरुले नाकावन्दीको अन्तराष्ट्रियकरण गर्न नसकेको स्विकार्नु भयो । कार्यक्रममा उपप्रधानमन्त्री केसीले भारतले नकावन्दी लगाएर संविधान संशोधन गराएका कारण आफु सरकारमा भएपनि संशोधनको विपक्षमा मतदान गरेको बताउनु भयो । सरकारमा भए पनि पार्टीले विगतदेखि उठाएका मुद्धाहरमा आफ्नो फरक मत रहेको उहाँले प्रष्ट पार्नुभयो ।

LIVE TV