१३ माघ २०७२, बुधबार

काठमाडौं उपत्यकाको मौसममा आज केही सुधार हुने, पूर्वी पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जनसहित पानी पर्ने संभावना ।

काठमाडौं उपत्यकाको मौसम आज सामान्य सुधार हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिजो दिनभरी नै धुम्मिएको काठमाडौं उपत्यकाको मौसम केही सुधार हुने महाशाखाको अनुमान छ ।

images
महाशाखाका अनुसार काठमाडौंमा केहीबेर घाम लाग्दै बादल लाग्नेछ । हिजो फाट्टफुट्ट पानी परेपनि आज पानी पर्ने सम्भावना छैन । काठमाडौंको रातिको न्यूनतम तापक्रम ४ दशमलव ७ डिग्री सेल्सियस थियो । दिउँसो १८ देखि २० डिग्रीसम्म पुग्ने अनुमान छ । यस्तै पश्चिममा आशिंक बदली हुने अनुमान गरिएको गरिएको मौसमविद् शान्ति कडेलले बताउनुभयो । उहाँका अनुसार पूर्वको मौसम भने सामान्यतया बदली हुनेछ । पश्चिमी वायु पूर्वमा सरिरहेकाले पूर्वको पहाडी क्षेत्रका केही ठाउँमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो ।
महाशाखाका अनुसार उच्च पहाडी क्षेत्रमा हल्का हिमपातको सम्भावना पनि छ । रातिदेखि मौसम केहि सफा हुने अनुमान गरिएको छ । अबको केहीदिन हुस्सु लाग्ने भएकाले बिहान बेलुका चिसो कायमै रहने मौसमविद कँडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV