
नवलपरासीको सिमसार क्षेत्रमा पाइने चराहरुको प्रजातीको संख्या यस बर्ष घटेको तथ्याकं सार्बजनिक भएको छ । नारायणी नदी किनार आसपासमा रहेका सिमसार क्षेत्रमा गरिएको गणना कार्यबाट चराको प्रजाती घटेको तथ्याकं सार्बजनिक भएको हो ।
अघिल्लो बर्षकोे गणनामा ४७ प्रजातीका पंछीहरु गणना गरिएपनि यस पटक कम मात्रामा चराहरुको प्रजातीको संख्या गणना गरिएको प्रकृतिविद डिवी चौधरी जानकारी दिनुभयो । प्रकृतिविद चौधरीको नेतृत्वमा १७ जनाको समुहले सिक्रौलीदेखि अमलटारीसम्म नारायणीनदीको किनारमा गरेको चरा गणनामा ३४ प्रजातीका मात्र चराहरु फेला परेको हो । यस्तै प्रकृतिबिद् भागिरथ चौधरीको नेतृत्वमा १३ जना संरक्षणकर्मीहरुको सहभागीतामा अमलटारी देखि त्रिबेणी सम्म गरिएको नारायणी नदिको किनारको चरा गणना कार्यमा २६ जातीको चरा फेला पारेको चौधरीले बताउनुभयो ।
प्रत्येक बर्ष यही समयमा यहा चरा गणना गरिदै आएको छ । थारु भिलेज रिसोर्टको ब्यवस्थापनमा बर्षेनी चरा गणना हुने गरेको हो । पछिल्लो केही वर्ष यता सारस केरेन, ब्लाक विड टर्न, ब्लाक नेक्ड स्टोर्क, स्पट विल्ड पेलिकन लगाएतका पंछी नारायणी नदी आसपासमा देखिन छाडिसकेको संयोजक चौधरीले बताउनुभयो ।
चितवन राष्ट्रिय निकुञ्जमा पाईने एक सय ११ प्रजाति मध्ये गत बर्ष ४७ प्रजाति मात्र भेटिएपछि संरक्षणकर्मीले पंक्षिको खोजी र अनुसन्धानलाई तीब्रता दिएका छन् । भूडीफोर, केरेङ्गकुरुङ्ग, चखेवाको संख्यामा बर्षेनी घटेको छ । आगन्तुक चराहरु समेत आउन छाडेकाले वातारणीय सन्तुलनका लागि समेत योजना बनाउन पंक्षी गणनाले महत्व पु¥याउने गरेको छ ।
विश्वमा पाइने पंछीहरु मध्ये भmण्डै १० प्रतिशत पंछीहरु नेपालको अभिलेखमा सुचिकृत भएका छन् । जसमध्ये ३३ प्रजातीका पंछीहरु विश्वमा नै दुर्लभ मानिन्छन् । यी मध्ये ११ प्रजातीका पंछीहरु सिमसार क्षेत्रमा पाईन्छन् ।