१३ माघ २०७२, बुधबार

प्रधानमन्त्री केपी ओलीले एक–दुई दिनभित्रै नाकाबन्दी खुल्ने बताएका छन् । अघोषित नाकाबन्दी भएकाले अघोषित रुपमै खुल्ने उल्लेख गर्दै नाकाबन्दी नखुलेसम्म आफू भारत भ्रमणमा नजाने बताए ।

kp oli

‘यो अघोषित नाकाबन्दी हो, त्यसकारण अघोषित रुपमै खुल्छ । अब एक दुई दिनभित्रै नाका सहज हुन्छन्’, दैनिक पत्रिकाका सम्पादक र केही वरिष्ठ पत्रकारसँग मंगलबार बालुवाटारमा भएको अन्तरक्रियामा प्रधानमन्त्री ओलीले भने, ‘नाकाको अवस्था सामान्य नभई म भारत भ्रमणमा जान्नँ ।’ आजको कान्तिपुर दैनिकमा खबर छ ।

 

LIVE TV