१३ माघ २०७२, बुधबार

माघ ।नेपाली कांग्रेसको तेह्रौं महाधिवेशनमा सभापति पदका सम्भावित प्रमुख उम्मेद्वारहरु शेरबहादुर देउवा, रामचन्द्र पौडेल र सुशील कोइरालाले आफ्नो महामन्त्री, उपसभापति, कोषाध्यक्ष र सहमहामन्त्रीमा कसलाई चयन गर्लान् भन्ने जिज्ञासा सर्वज्ञ पैदा भएको छ । उपसभापति र महामन्त्री बन्ने योग्यता पुगेका कुल एक दर्जन नेतामध्ये कसको कोसँग गठबन्धन बन्ने हो अहिले नै भन्न सकिने स्थिति छैन । तथापि अहिलेको अवस्थामा निम्नानुसारको टिम बन्न सक्ने सम्भावना प्रबल छ ।

kangre

शेरबहादुर देउवाले आफू सभापतिमा उठेर खुमबहादुर खड्कालाई उपसभापति, अर्जुननरसिंह महामन्त्री, विमलेन्द्र निधिलाई महामन्त्री र लक्ष्मण घिमिरे वा पुष्पा भुसालमध्ये एकलाई कोषाध्यक्ष बनाउने सम्भावना छ । सहमहामन्त्रीमा भने घिमिरे र पूर्णबहादुर मध्ये एकलाई बनाउन सक्ने आकलन गरिएको छ ।

रामचन्द्र पौडेल सभापतिमा लडेमा उनको प्यानलबाट डा. रामशरण महत उपसभापति वा महामन्त्री लड्ने छन् । शेखर कोइराला र नरहरि आचार्य दुईमध्ये एक महामन्त्री उम्मेदवार बन्ने सम्भावना छ । नवीन्दराज जोशीलाई पौडेलले कोषाध्यक्ष बनाउने पौडेल क्याम्पमा चर्चा छ ।

सुशील कोइरालाको प्यानलबाट डा. शशांक कोइराला उपसभापति र प्रकाशमान सिंह महामन्त्रीको उम्मेदवार बनाउने सम्भावना देखिन्छ । सुजाता जोस्ट लाई महामन्त्री र फर्मुल्लाह मन्सुर वा महेश आचार्यमध्ये एक कोषाध्यक्षमा उठ्न सक्छन् । दिलेन्द्र बडु र पद्यमनारायण चौधरीमध्ये एक सहमहामन्त्री उम्मेदवार बन्ने आकलन छ । आजको घटना र विचार साप्ताहिकमा खबर छ ।

 

LIVE TV