
काठमाडौं – गायिका रेखा शाहले आफूलाई प्रहरी हिरासतमाख चरम यातना दिइएको भन्दै त्यसको छानबिन गरी दोषीलाई कारबाही गर्न राष्ट्रिय मानवअधिकार आयोग, महिला आयोग र अन्तर्राष्ट्रिय निकायमा आग्रह गरेकी छन् ।
शाहले मंलबार विज्ञप्ति जारी गर्दै प्रहरी हिरासतमा १० दिन बस्दा आफूलाई औषधिसमेत खान नदिइएको उल्लेख गरेकी छन् । ‘मेरा कानुनी सल्लाहाकार, शुभेच्छुक र कानुनी सल्लाहाकारलाई समेत भेट्न दिइएन । अत्यन्त तल्लो स्तरमा गाली गलौज गरियो जो अन्तर्राष्ट्रिय मानवीय कानुनविपरीत छ र यो मानवअधिकार उल्लंघनको गम्भीर विषय हो,’ उनले भनेकी छन् । शाहले हिरासतबाट पाएको यातनालेद बिग्रिएको स्वास्थ्य स्थिति नर्भिक अस्पतालमा ३ दिन बसेपछि केही सुधार भएको र बल्ल आफूमाथि भएको अन्यायको विरुद्द बोल्न सक्ने भएको उल्लेख गरेकी छन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।