१३ माघ २०७२, बुधबार

काठमाडौं – प्रमुख विपक्षी कांग्रेसका नेता रमेश लेखकले संविधान संशोधनको सरकारी प्रस्तावका विपक्षमा मतदान गर्ने उपप्रधान एवं गरिवि निवारण मन्त्री चित्रबहादुर केसीको पदीय हैसियतमाथि प्रश्न उठाएका छन् । सरकारमा बसेर सरकारी प्रस्तावको विपक्षमा मतदान गर्नु लोकतान्त्रिक र संसदीय व्यवस्था सुहाउँदो नभएको भन्दै लेखकले संसद्मा प्रश्न उठाएका हुन् । संविधानमा पहिलो संशोधन विधेयकमाथि शनिबार संसद्मा भएको मतदानका क्रममा केसीले विपक्षमा मतदान गरेका थिए ।

chitrabahadur_kc

‘कानुनमन्त्री सरकारको प्रस्ताव पेस गर्ने,त्यही क्याबिनेटको उपप्रधानमन्त्री त्यसको विपक्षमा मतदान गर्ने यो कुन लोकतान्त्रिक विधि हो ?’ लेखकले मंगलबार संसद्मा िवशेष समय लिएर बोल्दै भने, ‘यो जोकरहरुको भीड हो कि नेपाल सरकार ?’ केसीप्रति घुमाउरो पाराले कटाक्ष गर्दै लेखकले भने, ‘सरकारको विपक्षमा मतदान गर्ने उपप्रधानमन्त्री त हुनै सक्दैन । चित्रबहादुर केसी नामको कुनै गलत मान्छेले भोट पो हालेको थियो कि ?’ आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

 

LIVE TV