१३ माघ २०७२, बुधबार

काठमाडौं । सरकारले गौतमबुद्धको जन्मस्थलकाबारेमा बिभिन्न देशमा भ्रम देखिएको भन्दै त्यसलाई चिर्न कूटनीतिक पहल सुरु गरेको छ ।

नेपालले ति देशका पाठ्यपुस्तक, अन्तरराष्ट्रिय गोष्ठी, औपचारिक र अनौपचारिक छलफलमा भ्रम देखिएको भन्दै त्यसलाई निवारण गर्न कूटनीतिक पहल थालेको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

buddha

सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत् अमेरिका, जापान, चीन, थाइल्याण्ड, नेदरल्याण्ड, श्रीलंका र भारतलाई पत्राचार गरी पहिलोपटक त्यसबारे औपचारिक जानकारी गराउन लागेको हो ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV