७५ थान सक्कली होलोग्रामसहित नक्कली लाइसेन्स बनाउने गिरोह पक्राउ



प्रकाशित मिति : Jan 27, 2016

यदी तपाईँले दलाल मार्फत लाईसेन्स बनाउनु भएको छ भने एक पटक ट्राफिक प्रहरी वा यातयात व्यवस्था विभागका कर्मचारीसँग जाँच गराउनु होला नत्र, प्रहरीले समाते तपाईँलाई हतकडी लाग्न सक्छ । नक्कली लाईसेन्समा सक्कली होलोग्राम टाँस गरि पाँचदेखि बीस हजार रुपैंया सम्ममा विक्री गर्ने गिरोह उपत्यकामा सक्रिय रहेको फेला परेको छ ।उपत्यकामा नक्कली सवारी चालक अनुमति पत्र लाइसेन्स बनाउने गिरोहलाई काठमाडौंको दरबारमार्ग प्रहरीले पक्राउ गरेको छ । रसुवा धैबु २ घर भइ बागबजारमा बुद्ध स्क्रिन प्रिन्ट सञ्चालन गर्ने लालबहादुर तामाङ, गुल्मी हर्दिनेटा ५ घर भइ भक्तपुर बस्ने साजन न्यौपाने र काठमाडौं विशालनगका जितेन्द्र खड्कालाई पक्राउ गरेको हो । नक्कली लाइसेन्स बनाएर हिड्ने धादिङ कुमपुर ४ घर भइ ठमेल बस्ने सूर्य कोइरालालाई पनि पक्राउ गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com