१२ माघ २०७२, मंगलवार

लगातार नयाँ रेकर्ड कायम गरेको शेयर बजारमा मंगलबार गिरावट आएको छ। मंगलबार बजार ३.५ अंकले घटेर १२ सय १८ दशमलव ९३ अंकमा कारोवार भएको छ । नेप्से परिसुचकमा डिम्याट प्रणाली र राजनीतिक सहमतिको वातावरण निर्माण भए पछि उकालो लागेको नेप्से परिसुचक उकालो लागेको छ । मगलवार सुरुमा बढेको बजार पछि घटेको थियो । बजारमा विकास बैंक बाहेक सबै समूहको सूचक घटेको छ । विकास बैंक समूह २.८४ अंकले बढ्ेकोले वाणिज्य बैंकको ४.४२ अंकले घटेको छ। यसै गरी बीमा समूहको २१ अंकले, होटल समूहको २४ अंकले तथा जलविद्युतको सूचक ६.३ अंकले घटेको छ । मंगलबार कारोबार रकममा झण्डै १३ करोडले कमी आइ ३८ करोड ८१ लाख रुपैयाँमा सिमित भएको छ।

share
पुँजी बजारमा नेपाल लाइफ इन्स्योरेन्सको सबैभन्दा धेरै कारोबार भएको छ। नेपाल लाइफको पाँच करोड ४१ लाख रुपैयाँको सेयर किनबेच भएको छ। यो कम्पनीको सेयर मूल्य २० रुपैयाँले घटेको छ। यस्तै सानिमा बैंकको २ करोड ७२ लाखको सेयर किनबेच भयो। मंगलबार ४० करोड रुपैयाँ नाफासहित दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको सानिमाको सेयर मूल्यमा परिवर्तन भएन। यस्तै नेपाल इन्भेष्टमेन्ट बैंक, लाइफ इन्स्योरेन्स कर्पोरेसन, नेपाल ग्रामीण विकास बैंकको सेयर पनि एक करोड रुपैयाँ भनेदा धेरैको किनबेच भएको छ। बजारमा सबैभन्दा धेरै देव विकास बैंकका लगानीकर्ताले कमाएका छन्। देव विकास बैंकको सेयर ९.९५ प्रतिशतले बढेको छ। यस्तै युनियन फाइनान्स, सेती फाइनान्स, सांग्रिला डेभलपमेन्ट बैंकका लगानीकर्ताले पनि कमाएका छन्। नेपाल ग्रामीण विकास बैंकका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन्। यस्तै नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक, युनाइटेड इन्स्योरेन्सलगायतका कम्पनीका लगानीकर्ताले गुमाएका छन्।

प्रतिक्रिया दिनुहोस्
LIVE TV