१२ माघ २०७२, मंगलवार

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले वार्ताको वातावरण बनाए अहिले पनि निकास निकाल्न सम्भव भएको बताउनुभएको छ । उहाँले आफूहरु अझै वार्ता र सहमतिबाटै निकास निकाल्ने पक्षमा रहेको प्रष्ट पार्नुभयो ।

Upendra-Yadav
मंगलबार विराटनगरस्थित आफ्नै निवासमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले आफूहरु वार्ता र सहमतिबाट निकास निकाल्न प्रयासरत भएपनि सरकारले नै वार्ता र सम्वाद बिथोल्ने गरेको दाबी गर्नुभयो । उहाँले संविधान संसोधनले आफुहरुको माग सम्बोधन नगरेकाले आन्दोलन जारी राख्न बाध्य भएको जानकारी पनि दिनुभयो । बाइट
अध्यक्ष यादवले मधेसी मोर्चासंग सहमति नै नगरेर संविधान संसोधन गर्नु गलत भएको टिप्पणी गर्दै सरकारले जबरजस्ती संविधान संसोधन गरेर राम्रो मौका गुमाएको धारणा व्यक्त गर्नुभयो । उहाँले आन्दोलनको स्वरुप बदलेर भएपनि आफ्ना मागहरु पूरा गराउन पहाड र राजधानी केन्द्रित आन्दोलन गर्ने जानकारी दिनुभयो । अध्यक्ष यादवले नेपाली जनताले अस्वीकार गरेको संविधान संसोधनलाई कसैले सकारात्मक भनेको भरमा आफूहरुले नमान्ने बताउनुभयो । अध्यक्ष यादवले आफूहरुको माग सम्बोधन नभएसम्म बीरगञ्ज रक्सौल नाकाको अवरोध कायमै रहने बताउँनुभयो । उहाँले मोर्चाको सात दिने घोषित आन्दोलनपछि मात्रै यस विषयमा निर्णय लिइने पनि स्पष्ट पार्नुृभयो ।

LIVE TV