१२ माघ २०७२, मंगलवार

व्यवस्थापिका संसदको आजको बैठकमा सरकारको तर्फवाट विभिन्न मन्त्रालय सम्वद्ध विधेयकहरु पेश भएको छ । ती विधेयकहरु सोमवारै पेश गर्ने कार्यक्रम रहे पनि आवश्यक गणपुरक संख्या पुग्न नसके पनि बैठक स्थगित भएको थियो ।

बैठकमा पेश भएका अर्थ मन्त्रालय लगाएत सम्वद्ध विधेयक उपर छलफल प्रक्रिया भने अगाडी बढ्न सकेन् । बैठकमा धारणा राख्ने क्रममा नेपाली कांग्रेसका सांसद रमेश लेखकले मुलुकका समस्याप्रति सरकार गम्भिर हुन नसकेको आरोप लगाउँनुभयो । सरकार जिम्मेवार बन्न नसेको भन्दै उँहाले अप्ठ्यारो अवस्थामा सकरात्मक कदम सरकारवाट हुन् नसकेको बताउँनुभयो । बैठकमा एकीकृत नेकपा माओवादीका सांसद अमललाल मोदीले सवै पक्ष जिम्मेवार र संवेदनशील भए समाधान टाढा नरहेको जिकिर गर्नुभयो । मङ्गलवारको बैठकमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सम्वद्ध सांसदहरुले नारवाजी गर्दै सरकार समस्या समाधानमा गम्भिर नरहेको आरोप लगाएका थिए । संसद बैठक माघ २८ गते सम्मको लागि स्थगित भएको छ ।

LIVE TV