१२ माघ २०७२, मंगलवार

प्रधानमन्त्री केपी शर्मा ओलीको नाममा सामाजिक सञ्जाल फेसबुक सञ्चालन गरी अनावश्यक कुराहरु राख्ने गरिएकोप्रति प्रधानमन्त्री कार्यालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रधानमन्त्री कार्यालयको तर्फवाट प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार प्रमोद दाहालले मङ्गलवार एक विज्ञप्ती जारी गर्दै पी एम केपी ओली को नाममा रहेको फेसबुक खाता प्रधानमन्त्रीको नरहेको स्पष्ट पार्नुभएको छ । हाल प्रधानमन्त्रीकोे व्यक्तिगत र अफिसियल कुनै पनि फेसबुक खाता सञ्चालनमा नरहेको पनि विज्ञप्तीमा उल्लेख छ । प्रधानमन्त्रीको अफिसियल ट्विट्र एकाउण्ट मात्र सञ्चालनमा रहेको प्रधानमन्त्री कार्यलयले प्रष्ट पारेको छ ।

vlcsnap-7330-02-24-05h26m14s374

LIVE TV