
नेपालको भन्सार प्रशासनको सम्पूर्ण काम विद्युतिय आसी कुृडाा प्रणालीबाट गरिने भएको छ । ६४ औँ अन्तराष्ट्रिय भन्सार दिवसको अवसरमा व्यापार सहजीकरण , सामाजिक सुरक्षा र राजस्व संकलनका नियमित कार्यहरुलाई सजिलो बनाउन आसी कुडा प्रणाली लागु गरिएको अर्थ मन्त्रि विष्णु पौडेलले जानकारी दिनुभएको हो ।
भन्सार दिवसका अवसरमा आयोजित विशेष कार्यक्रममा अर्थमन्त्री पौडेलले भन्सार विभागका कामहरुलाई प्रभावकारी, लागत मैत्री र व्यवस्थित गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले भन्सारका कामलाई प्रभावकारी बनाउन अन्तराष्ट्रिय आसी कुडा प्रणाली लागु गरेको बताउनुभएको छ । उहाँले भन्सारका सम्पूर्ण काम कारवाहीलाई शंकाको दृष्टिकोणले भन्दा विश्वासको दष्टिकोणले हेरिनु पर्ने बताउनुभयो । त्यसैगरी दैनिक उपभोग्य वस्तुको सरल र सहज आपुर्तिमा सहयोग पु¥याएर समाजप्रतिको दायित्व निर्वाह गरेमा मात्र अन्तराष्ट्रिय भन्सार दिवस मनाउनुको औचित्य रहेने बताउनुभयो । त्यसैगरी भन्सार विभागका महा निर्देशक शिशिर ढुङ्गानाले डिजिटल कस्टम प्रणालीको सुरुवात सँगै भन्सार प्रशासनको सेवा व्यवस्थित हुने र सेवाग्राहीलाई प्रदान गर्ने सेवा लागत कम हुने बताउनुभयो ।