१२ माघ २०७२, मंगलवार

तामाङ समुदायको आदिथलो काभ्रेको तिमाल क्षेत्र आफंैमा ऐतिहासिक सम्पदाको रुपमा रहँदै आएको छ । तामाङ संस्कार र संस्कृतिको जीवीत संग्राहालय समेत मानिने तिमालमा दर्जनौंको संख्यामा ऐतिहासिक,धार्मिक र पूरातात्विक हिसावले महत्वपूर्ण गुम्बाहरु पनि रहेका छन् । प्रत्येक थुम्का थुम्कामा तामाङ पहिचान र बौद्धधर्मका अवशेषहरु पाइने तिमाल क्षेत्र पछिल्लो समय यहाँमात्र पाइने पवित्र बुद्धचित्त मालाका कारण बढी चर्चामा छ । तर तिमाल क्षेत्रका गाउँ नै पिच्छे रहेका महत्वपूर्ण गुम्बाहरु भने अझै ओझेलमा नै रहेका छन् । त्यसैमध्येको एक गुम्बा हो संस्युखर्क गाविस–३ को मणिकपुर गुम्बा ।

vlcsnap-4821-07-25-00h34m48s178 vlcsnap-4927-07-07-15h31m29s356 vlcsnap-5505-07-24-07h10m02s494
बिक्रम सम्वत १७०० सालमा स्थापना भएको मणिकपुर गुम्बा आफैंमा एतिहासिक हुनुको साथै धार्मिक र पूरातात्विक हिसावले समेत निकै महत्वपूर्ण गुम्बाको रुपमा रहेको छ । तर मणिकपुर गुम्बा उचित प्रचारप्रसारको अभावमा अझै पनि आन्तरिक तथा बाह्य पर्यटकको नजरबाट बेखबर जस्तै छ ।

vlcsnap-9403-08-19-05h43m25s106
यही कुरालाई मध्यनजर राख्दै प्रत्येक चार बर्षमा माघ शुल्क दशमीमा मनाईने राप्न्हे पूजा गर्न अहिले स्थानीय जुटेका छन् । यसका लागि उनीहरुले सरकार र गुम्बा व्यवस्थापन समितिबाट केही सहयोग पाउँने अपेक्षा गरेका छन् । तर आफूहरुको अपेक्षा विपरित सहयोग प्राप्त नभए पनि आफ्नो धार्मिक कार्यक्रम भने नरोकिने स्थानीयले बताए । मणिकपुरमा रहेको थर्पे देच्छोलिन्ङ गुम्बामा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउँने योजनाका साथ आफूहरु गुम्बाको राप्न्हे गर्न लागिपरेको स्थानीयले बताए ।

vlcsnap-9124-08-03-10h43m12s431
चारदिनसम्म चल्ने राप्न्हेको अवसर पारेर ओझेलमा परेको सम्पदा अवलोकन गर्न र यो भव्य महोत्सवमा सहभागी बन्न आन्तरिक एंव बाह्य पर्यटक आउँने उनीहरुको विश्वास छ । सुनकोशी नदी र रोशी खालेको बीचमा अवस्थित तिमाल तामाङ समुदायको आदिथलो भएकोले तामाङ संष्कृति,संस्कार र परम्पराको त केन्द्रविन्दु नै हो । यसदेखि बाहेक यहाँबाट देखिने मनोरम हिमश्रृंखलाहरु,तत्कालीन तामाङ राजा ह्रिञ्जेन दोर्जेको राज्यकालीन दरवारका भग्नावशेषहरु,उनले निर्माण गरेका विभिन्न कोत र दरवारहरु,विभिन्न कालखण्डमा निर्माण भएका गुम्बा,चैत्य र म्हानेहरु र विश्वमै तिमालमा मात्र फल्ने बुद्धचित्त मालाका कारण सम्भावनायुक्त पर्यटकीय गन्तव्यको रुपमा रहेको छ । त्यसका लागि तिमाल अहिले उचित प्रचार प्रसारको पर्खाइमा रहेको छ ।

LIVE TV