१२ माघ २०७२, मंगलवार

यदी तपाईँले दलाल मार्फत लाईसेन्स बनाउनु भएको छ भने एक पटक ट्राफिक प्रहरी वा यातयात व्यवस्था विभागका कर्मचारीसँग जाँच गराउनु होला नत्र, प्रहरीले समाते तपाईँलाई हतकडी लाग्न सक्छ । नक्कली लाईसेन्समा सक्कली होलोग्राम टाँस गरि पाँचदेखि बीस हजार रुपैंया सम्ममा विक्री गर्ने गिरोह उपत्यकामा सक्रिय रहेको फेला परेको छ ।

News.Still001  News.Still002
उपत्यकामा नक्कली सवारी चालक अनुमति पत्र लाइसेन्स बनाउने गिरोहलाई काठमाडौंको दरबारमार्ग प्रहरीले पक्राउ गरेको छ । रसुवा धैबु २ घर भइ बागबजारमा बुद्ध स्क्रिन प्रिन्ट सञ्चालन गर्ने लालबहादुर तामाङ, गुल्मी हर्दिनेटा ५ घर भइ भक्तपुर बस्ने साजन न्यौपाने र काठमाडौं विशालनगका जितेन्द्र खड्कालाई पक्राउ गरेको हो । नक्कली लाइसेन्स बनाएर हिड्ने धादिङ कुमपुर ४ घर भइ ठमेल बस्ने सूर्य कोइरालालाई पनि पक्राउ गरिएको छ ।

News.Still004  News.Still003

प्रहरीले अभियुक्तहरुको साथबाट नक्कली लाइसेन्स, त्यसमा प्रयोग हुने ३ सय ५० थान कार्ड, यातायात कार्यालयको स्ट्याप्प, लाइसेन्समा प्रयोग हुने ७५ थान होलोग्राम पनि बरामद गरेको छ । अभियुक्तहरुका साथबाट बरामद भएको होलाग्राम सक्कली भएको प्रहरीले जनाएको छ । नक्कली लाइसेन्समा सक्कली होलाग्राम प्रयोग गर्ने गरेका थिए । यस बारेमा यातायात कार्यालयसँग बुझेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । अभियुक्तहरुले ५ हजारदेखि २० हजार रुपैयासम्म लाइसेन्स बनाइदिने गरेका थिए । उपत्यकामा नक्कली लाइसेन्स बनाउने यो ठूलो गिरोह भएको प्रहरीले अनुमान छ ।

LIVE TV