१२ माघ २०७२, मंगलवार

नेपालको सप्तरी जिल्लामा जन्मिएका बलिउड गाएक उदित नारायण झा ले भारतको प्रतिष्ठित पद्मा भुषण २०१६ को सम्मान पाउने भएको छ । भारतीय गणतन्त्र दिवसको अवसरमा उदितले जनावरी २६ मा भारतको राष्ट्रपतिको हात उक्त बाट सम्मान पाउने भएका हुन् । पहिले पनि गायक उदितले तिन राष्ट्रिय र पाँच फिल्मफेयर अवार्ड पनि जितीसकेका छन् । त्यस्तै सन् २००९ मा भारतिय सरकारबाट पद्य श्री बिभुषण पनि पार्ईसकेका छन् । अजय देवगन, प्रियंका चोपडा,अनुपम खेरलाई पद्य अवार्ड तथा नायक रजनीकान्तलाई पद्मा भुषण प्रदान गरीने भएको छ ।


नेपालमै धेरै गीतहरु गाईसकेका उदितले निकै चर्चा पाईसकेका पनि छन् । भारतमा पनि उदितको गीतहरुको चर्चा त्यस्तै रहेको छ । यसरी बलिउड तथा कलिउडमा निकै चर्चा कमाईसकेका गायक उदितले राजा बिरेन्द्र बाट गोरखा बाहु पदक पनि प्राप्त गरीसकेका छन् । यस वर्ष नेपाली मुलका बलिउड गायक उदितले भारतको प्रतिष्ठित पद्मा भुषण सम्मान प्राप्त गर्ने भएका छन् ।

LIVE TV