१२ माघ २०७२, मंगलवार

अहिले नेपालका फिल्मका निर्देशक तथा निर्माताहरुले आफुले निर्माण गर्ने फिल्महरुमा आफ्नै श्रीमतीहरुलाई नायिकाको रुपमा छान्ने चलन बढिरहेको छ । केहि बर्ष अघि मात्र निर्माता छबिराज ओझाले आफुले निर्माण गरेका फिल्महरुमा रेखा थापालाई मात्र नायिकाको रुपमा अभिनय गराएका थिए । त्यस्तै अहिले निर्देशक बसन्त निरौलाले पनि आफुले निर्देशन गरेका सबै फिल्महरुमा आफ्नै श्रीमति पबित्रा आचार्यलाई नायिका बनाएका छन् ।

vlcsnap-2016-01-25-17h46m41s44 vlcsnap-2016-01-26-13h15m39s19
आउन लागेको फिल्म आबेगका निर्देशक बसन्तले यस सिफल्ममा पनि पबित्रालाई नै नायिका बनाएका छन् । यो भन्दा पहिले उनले निर्देशन गरेका फिल्महरु राजनिती र बिजयपथमा पनि पबित्रालाई नै नायिकाको रुपमा छनौट गरेका थिए । नायिका पबित्राले स्त्रिप्ट राम्रो भएमा बाहिरको फिल्ममा पनि काम गर्ने बताएकी छिन् । त्यस्तै घरमानै टिमवोर्क गर्न सकिने भएकोले बसन्तले निर्देशन गरेको फिल्ममा काम गरेका पनि बताईन् ।त्यस्तै फिल्मका निर्देशक बसन्त निरौलाले पनि क्यारेक्टर मिल्ने भएकोले पबित्रालाई लिएको बताएका छन् । उनले निर्माण गरेका अन्य दुई फिल्महरुमा पनि पबित्राको क्यारेक्टर सँग मिल्ने भएको र साथै राम्रो कलाकार भएको हुनाले उनलाई लिएको बताए ।

LIVE TV