१२ माघ २०७२, मंगलवार

भर्खरै मात्र ड्रिम्स फिल्मको म के भनु बोलको गीत सार्वजनिक गरीएको छ । म के भनु बोलको गीतलाई हेर्कुलास बस्नेत र सोमिया बराईलीको स्वर रहेको छ । त्यस्तै हेर्कुलास बस्नेतकै शब्द तथा संगित पनि रहेको छ । यस म के भनु बालको गीतमा अनमोल केसि र साम्राज्ञि शाहले फिचरीङ्ग गरेका छन् भने कबिराज घहतराजले नृत्य निर्देशन गरेका हुन् ।


अहिले ड्रिम्स फिल्मको अफिसियल प्रोमोले नयाँ रेकर्ड कायम गरी चर्चा कमाईरहेको छ । सुपर काजल फिल्मस्को व्यानमा उक्तफिल्मलाई भुवन केसिले निर्देशन गरेका हुन ड्रिम्स फिल्मको प्रोमोलाई मात्र करीब दश लाख दर्शकहरुले हेरीसकेका छन् । यस फिल्मको प्रामोको रेकर्डलाई समिक्षा गर्ने हो भने उक्त सार्वजनिक गरएएको गीतले पनि नयाँ रेकर्ड तोड्ने देखिएको छ । फाल्गुनको २१ बाट रिलीज डेट टार्गेट रहेको यस फिल्ममा अनमोल केसि, साम्राज्ञि राज्य लक्ष्मि शाह, सन्ध्या केसि, लगाएतले अभिनय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV