
वैदेशिक रोजगारमा रहेका नेपाली युवाहरुले अधिकांशले राम्रो कमाइ गर्न र घर परिवालाई खुसी साथ राख्ने सोच राखेका हुन्छन् । उनिहरु ओभर टाइम मात्र नभई आफुले पाएका टिप्स या उपहार वापतको सहयोग पनि आफ्नै लागि खर्च गर्छन् । समाजिक सेवा या अन्यकाम लगाउने उनिहरुको सोच हुदैन तर धरान १५ का एक युवाले आफुले विदेशमा काम गरेवापत पाएको टिप्स जम्मा गरेर त्यो रकम सामाजिक काममा खर्च गर्ने गरेका छन् ।
धरान १५ घर भई हाल पोर्चुगलमा रहेका अरुण राईले एकवर्ष सम्म भएको टिप्स वापतको रकमले धरान ११ मा रहेका असहाय तथा अभिभावक र सहाराविहीन बालबालिकाहरुको अध्ययनको लागि सहयोग गरेका छन् । धरान ११ स्थित मंगलबारेकी सीता देवानले पालन पोषण गर्दै आएका १६ बालबालिहरुको अध्ययनको लागि राईले नगद ६१ हजार सहित जाडोमा लगाउने न्यानो कपडा र खाद्यान्न समेत दिएका छन् । राइको साथी धरानका दिपक मगरको आग्रहमा उनले ति बालकालिकाहरुलाई सहयोग गरेका हुन् । यस अघि पनि अरुणले सुनसरी चतरामा रहेका वृद्धा आश्रममा रहेका वृद्ध वृद्धाहरुलाई सहयोग गरेको दिपकले वताए । विगत १० वर्ष देखि सडकमा भेटीएका तथा अभिभावक नभएका बालबालिकाहरुको पालन पोषण तथा शिक्षा दीक्षादिदै आएकी सिता देवानले दाताहरुको सहयोगले बालबालिकाहरुलाई अध्ययन गराउन सहज भएको वताईन । ६ बर्ष अगाडि सम्म आफैले मात्र बालबालिहरुलाई पालन पोषण गर्दै आएको भएपनि अहिले भने सहयोगी हातहरु आउन थालेकामा उनले खुसी व्यक्त गरिन् । देवानले आफ्ना छोरा छोरी सहर पालन पोषण तथा शिक्षा दीक्षा दिदै आएका बाल बालिहरुमसेत सहयोग पाए पछि खुसी देखिन्थे । देवानले हाल १६ जना बालबालिहरुलाई सहारा दिदै आएकी छन् । उनले प्राय सबैलाइ निजी विद्यालयमा अध्ययन गराइरहेकी छन् ।