११ माघ २०७२, सोमबार

नेपाल आर्मी क्लव जारी आहा रारा गोल कप फुटबल प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको छ । सोमबार भएको तेस्रो क्वाटरफाईनलमा थ्रीटार क्लवलाई एक शुन्य गोल अन्तरले पराजित गरेको हो ।

AHAH GOLD CUP
सोमबार पोखरा स्टेडियममा भएको तेश्रो प्रिवाटरफाइनलमा नेपाल आर्मीले पहिलो हाफमा नै अग्रता पाएको थियो । नेपाल आर्मीका लागि दिप लामाले खेलको ३० औ मिनेटमा महत्वपुर्ण गोल गरेका थिए । निर्धारीत नब्बे मिनेटको समय सम्म थ्री स्टारले गोल गर्ने केही राम्रो मौका पाए पनि सदुपयोग गर्न नसक्दा आर्मीको दिपले गरेको एक मात्र गोल नै निर्णायक बन्न पुग्यो । टिमलाई सेमिफाईनलमा पु¥याउन महत्वपुर्ण भुमिका खेलेका दिप लामा खेलको म्यान अफ दि घोषित भए । प्रतियोगितामा यस अघिनै आयोजक साहारा क्लव, र डिफेन्डिङ च्याम्पियन मनाङ म¥यार्दी क्लव सेमिफाईनलमा प्रवेश गरिसकेको छ । प्रतियोगिता अन्तरगत मंगलबार अन्तिम क्वाटरफाईनलमा खेल बङगलादेशी टिम र मोसफलको झापा एघारबीच हुनेछ ।

LIVE TV