
नेपाली कांग्रेसले विवादित क्रियाशिल सदस्यता विवाद मिलाउने निर्णय गरेको छ । छानिबिन समितिको प्रतिवदनका आधारमा छानिएकालाई निर्वाचन समितिले प्राविधिक त्रुटि सच्याउन सक्ने गरि मिलाउने काँग्रेसको निष्कर्ष छ ।
सोमबार बसेको केन्द्रीय समितिको बैठकले माघ १५ गतेदेखि गाउँ अधिवेशन शुरू गर्ने पनि निर्णय गरेको हो । त्यसैगरी, काँग्रेसले आगामी महिना हुन लागेको १३ औँ महाधिवेशनको तयारीका लागि पार्टीले गर्ने जिल्ला अधिवेशनमा ११ औं र १२ औं महाधिवेशनका बेला सभापति भएकालाई फेरि उठ्न नपाउने निर्णय गरेको छ । कांग्रेसमा १८ जिल्ला सभापति ११औँ र १२औँ अधिवेशनबाट सभापति भइसकेका छन् । उनीहरुले सभापति दोहो¥याउन पाउने छैनन् । फागुन २० देखि २३ सम्म १३औँ महाधिवेशन हुँदैछ । कांग्रेसले निर्वाचन सम्पन्न गर्न ७५ वटै जिल्लामा निर्वाचन अधिकृत पनि खटाईसकेको छ । त्यसैगरी सरकारले संविधान संशोधन विधेयक पारितमा गरेकोमा खुशी व्यक्त गर्दै मधेसवादी दललाई नाकाबन्दी तत्काल हटाउन अनुरोध समेत गरेको छ । त्यस्तै, अधिवेशनको तयारीका लागि भन्दै माघ र फागुनमा आफ्ना सांसदहरू संसद बैठकमा उपस्थित नहुने पनि काँग्रेसले जनाएको छ ।