११ माघ २०७२, सोमबार

उपत्यकामा बारुणयन्त्र राख्ने थप सात स्थलको सूचना केन्द्रको जिम्मेवारी काठमाडौँ महानगरपालिकाले लिने भएको छ । उपत्यकाको जुनसुकै स्थानमा हुने आगलागी घटनाको बारेमा केन्द्रमा जानकारी आउने र केन्द्रमार्फत विभिन्न स्थानमा रहेको स्टेसनलाई जानकारी दिई सेवा प्रवाह हुने महानगरपालिकाले जनाएको छ ।

vlcsnap-1626-08-10-17h50m51s070 vlcsnap-9659-01-29-07h44m44s515 vlcsnap-2559-06-30-03h54m15s238
अहिले आगलागी भएपछि सिधैँ बारुणयन्त्र रहने स्थलमा जानकारी आउने र सोहीअनुरुप सेवा प्रवाह हुँदै आएको छ । त्यसलाई थप प्रभावकारी बनाउन केन्द्रमार्फत सेवा प्रवाह गर्न खाजिएको जुद्ध बारुणयन्त्र काठमाडौँका प्रमुख किशोरकुमार भट्टराईले जानकारी दिनुभयो । काठमाडौँ उपत्यकामा हाल तीन जिल्लामा गरी तीनवटा मात्र दमकल रहने स्थल रहेका छन् । उपत्यकाको बढ्दो सहरीकरणलाई हेर्ने हो भने यो सख्ंया अत्यन्तै कम भएको जानकारहरु बताउँछन् । विस्तारित सख्यासँगै दमकल रहने स्थल दशवटा हुनेछ ।
त्यसमध्ये एउटा काठमाडौँ महानगरको नियन्त्रणमा केन्द्रीय स्टेसनको रुपमा रहने बताइएको छ । केन्द्रीय बारुणयन्त्र स्थलले नै अन्य केन्द्रलाई कार्य विभाजन गर्नेछ । निर्माण गरिने प्रत्येक दमकल स्थल कम्तिमा दुई रोपनी जग्गामा रहने छ र प्रत्येक स्थलमा दुईवटा दमकल, एउटा फाएर वाइक, एउटा एरिएल ल्याडर रहने बताइएको छ ।

LIVE TV