११ माघ २०७२, सोमबार

भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रले मृगौला बाहेक अन्य अंगको शल्यक्रिया एवं प्रत्यारोपण गर्ने पूर्ण तयारी गरेको छ । केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले आगामी तीन महिनाभित्र मुटुको शल्यक्रिया एवं भल्ब फेर्ने सेवा सुरु गर्ने तयारीमा लागेको जानकारी दिनुभयो । मुटुको सल्यक्रियाका लागि भौतिक पूर्वाधार र प्रविधी पनि तयार भइसकेको केन्द्रले जनाएको छ । व्यवस्थापिका–संसदले मानव शरीरको अंग प्रत्यारोपण ऐन २०५५ लाई संशोधन गर्न बनेको विधेयक २०७२ शुक्रबार पारित भएपछि केन्द्रले अन्य अंगको प्रत्यारोपणको तयारी गरेको केन्द्रका निर्देशक श्रेष्ठले बताउनुभयो ।

vlcsnap-9877-10-25-19h35m10s545

केन्द्र तत्काल मुटुको शल्यक्रियासंगै कलेजो र फोक्सो प्रत्यारोपण गर्नसक्ने अवस्थामा पुगेको छ । हरेक वर्ष तीन हजार जनाको मृगौला फेल हुने र त्यस मध्ये कानुनको अभाव र गरिबीका कारण उपचार नपाएर ९० प्रतिशत बिरामीको ज्यान जाने गरेकोमा अब सेवा शुरु भएसगै सर्वसाधारणले सहज सेवा पाउनेछन् । दुर्घटनाबाट दिनको ४ जना र काठमाडौंमा मात्रै वर्षमा एक हजार जनाको मस्तिष्क मृत्यु हुने गरेको छ । अंग प्रत्यारोपण कानुन वनेपछि मस्तिष्क मृत्यु भएका व्यक्तिको दुवै मिर्गौला, फोक्सो, मुटु, कलेजो, प्याक्रिङ्क्र्रयाज, सानो आन्द्रा गरी कम्तिमा आठ वटा ठूला अंग झिक्न सकिने केन्द्रले जनाएको छ । मस्तिष्क मृत्यु भएको एकजनाबाट झिकेको विभिन्न अंग कम्तिमा पनि आठ जना बिरामीका लागि प्रयोग गर्न सकिने छ । वर्षमा एक हजार मस्तिष्क मृत्यु भएका व्यक्तिबाट झिकेको मृगौलाबाट दुई हजार मृगौलाका बिरामी बचाउन सकिने भएकाले अब यसका लागि विदेश जानु नपर्ने पनि केन्द«ले दावी छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV