
गृहमन्त्री शक्ति बस्नेतले केही दिनमा मुलुकको असहज परिस्थितिमा सुधार आउने बताउनुभएको छ । संविधान संशोधनले असन्तुष्ट पक्षहरुको मागलाई सम्बोधन गरेको दावी गर्दै उहाँले केही दिनमा नाका सहज हुने बताउनुभएको हो ।
सोमवार संविधानको पहिलो संशोधनपछि संसद भवनवाट वाहिरिने क्रममा न्यूज २४ ट्वान्टीफोरलाई प्रतिक्रिया दिदै मन्त्री बस्नेतले संविधानको संशोधनले मधेशी मोर्चाको मागलाई सम्वोधन गरेको बताउनुभयो । समावेशी र समानुपातिक मुद्धालाई सुनिश्चित गरेको उल्ल्ोख गर्दै उहाँले सीमा सम्वन्धमा आयोग गठन गरेर टुङ्ग्याइने प्रष्ट पार्नुभयो । संविधान संशोधनसँगै सीमा नाका सहज हुने गृहमन्त्रीको दावी छ । नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले संविधानको पहिलो संशोधनले मोर्चाका केही मुद्धाहरुलाई सम्वोधन गरेको बताउदै वाँकी विषयलाई पनि आवश्यक छलफलवाट टुङ्ग्याउन सकिने धारणा राख्नुभयो । उपसभापति पौडेलले संशोधनपछि आपूर्ति सहज हुने विश्वास व्यक्त गर्दै मधेशी मोर्चालाई आन्दोलनवाट फर्कन आग्रह गर्नुभयो ।संविधानको पहिलो संशोधनपछि प्रतिक्रिया दिएका सांसदहरुले असन्तुष्ट पक्षहरुको मागलाई सम्वोधन गर्न संविधानको संशोधन भएको उल्लेख गर्दै आन्दोलन भन्दा पनि एकजुट भएर कार्यन्वयनमा लाग्नुपर्ने बताएका थिए ।