११ माघ २०७२, सोमबार

 

पत्रकार सम्मेलन गर्दै फिल्म आबेगले पनि अफिसियल अडियो सार्वजनिक गरेको छ । सुचना तथ सञ्चार मन्त्रि शेर धन राईद्वारा उक्त फिल्मको अडियो सार्वजनिक गरीएको हो । काठमाडौंमा आयोजना गरीएको एक कार्यक्रममा आबेग फिल्मको अडियो मन्त्रि राईले सार्वजनिक गरेका हुन् । २०७२ सालको जेठमा रीलीज गरीने भनिएता पनि भुकम्प र विविध कारण आबेग फिल्म हलहरुमा लाग्न सकेन । आबेग फिल्म पुर्ण रुपमा एक्सन प्रदान, र सबै कुराको मिश्रण भएको राम्रो फिल्म बनेको बताएका छन् ।

vlcsnap-2016-01-25-17h34m33s193 vlcsnap-2016-01-25-17h35m46s151   vlcsnap-2016-01-25-17h37m29s155  vlcsnap-2016-01-25-17h46m41s44

बसन्त निरौलाले निर्देशन गरेको फिल्म आबेगलाई सुर्य कार्कीले निर्माण गरेका हुन् । अब आबेग फिल्मका निर्माताहरुले चैत्रको १२ गते बाट रीलीज डेट टार्गेट गरेका छन् । चर्चित संगितकार अर्जुन पोखरेल र टंक बुढाथोकीले संयुक्त रुपमा संगित दिएका छन् । त्यस्तै अष्ट महर्जनले द्वन्द निर्देशन गरेका छन् । पहीले पनि धरै फिल्महरु बनाईसकेका निर्माता सुर्य कार्कि पनि राम्रो फिल्म बनेको हुनाले राम्ररी चल्ने कुरामा पनि ढुक्क छन् ।

vlcsnap-2016-01-25-17h46m49s127vlcsnap-2016-01-25-17h45m48s24

आबेग फिल्ममा नायक आर्यन सिग्देलले मुख्य भुमिकामा अभिनय गरेका छन् । आबेग फिल्मका निर्माताका अनुसार एक्सन प्रदान फिल्म रहेको बताएका छन् । त्यस्तै यस फिल्ममा पछिल्लो समयमा एक्शन भुमिकामा अभिनय गरीरहेका आर्यनको एक्शन देखिने भएको छ । नायक आर्यनले आबेग फिल्म भन्दा पहिले पनि नाईके र अलबिदा फिल्ममा पनि एक्शन भुमिकामा अभिनय गरीसकेका छन् । तर यि दुई फिल्मले भने आर्यनलाई खसै माथि उठाउन सकेन । आबेग फिल्मले भने उनको कतिको चर्चा हुने चैत्रको १२ गते बाट नै थाहा हुने भएको छ ।

vlcsnap-2016-01-25-17h37m23s96vlcsnap-2016-01-25-17h36m10s139

LIVE TV