११ माघ २०७२, सोमबार

उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापाले भारत नेपालको नजिकको छिमेकी भएका नाताले सम्वन्धमा उतारचढाव हुनु सामान्य भएको बताउनुभएको छ । उहाँले नेपालको राजनीतिक र आर्थिक विकासमा भारतको भूमिका सधै प्रशंशित रहेको पनि बताउनुभयो ।

KAMAL-THAPA
भारतको ६७ औं गणतन्त्र दिवसका अवसरमा काठमाण्डौंमा आयोजित कार्यक्रममा परराष्ट्रमन्त्री थापाले नेपाल भारत सम्वन्ध सदियौंदेखि रहेको र यो सम्वन्ध कहिल्यै कमजोर नहुने दावी गर्नुभयो । उहाँले भुकम्पका बेला भारतले गरेको उद्धार तथा राहतका कार्यक्रमको प्रशंशा पनि गर्नुभयो । नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले नेपाली जनता नाजुक स्थीतिमा भएकाले आन्दोलनमा रहेका मधेशी दलहरुलाई आफनो पार्टीको माग भन्दा माथि उठेर राष्ट्रिय हितमा लाग्न आग्रह गर्नुभयो । उहाँले आन्दोलनको स्वरुप परिवर्तन गरी वार्ता र सम्वादलाई विश्वास गर्न मधेशी दलहरुलाई आग्रह गर्नुुभयो । नेपालका लागि भारतीय राजदुत रन्जित रेले संविधान संशोधनले सहमतिको वातावारण बनेको बताउनुभयो । उहाँले मधेसी दलहरुले राखेका अन्य मागप्रति पनि नेपाल सरकारले ध्यान जाने विश्वास व्यक्त गर्नुभयो । राजदूत रेले नेपालका राजनितिक दलहरुले आन्तरिक समस्यामा अल्झिएर राष्ट्र निर्माणका महत्वपूर्ण समय खेर फालिरहेको आरोप पनि लगाउनुभयो ।

LIVE TV