
नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले सूचनाको मूल थलोको रुपमा रहेको सिंहदरवारमा आम नागरिकको सहज पहुँच नभएकाले जनतालाई सुसुचित हुने अधिकारवाट वञ्चित हुनुपरेको वताउनुभएको छ । उहाँले सिंहदरवार आम नागरिकको लागि पनि खुला गर्न सरोकारवालाहरुको ध्यान जानुपर्ने पनि बताउनु भयो । राष्ट्रिय सुचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाद्धारा लिखित सूचनाको हकको पक्षमा नामक पुस्तकको विमोचन कार्यक्रममा महासंघका अध्यक्ष डा. विष्टले सूचना दिने महत्वपूर्ण भुमिका रहने सुचना अधिकारीको विशिष्टिकरण गर्नुपर्ने समेत वताउनुभयो ।
प्रमुख आयुक्त वाँस्कोटाको पुस्तकका टिप्पणीकारद्धय नेपाल पत्रकार महासंघका पूर्व अध्यक्षहरु तारानाथ दहाल र धर्मेन्द्र झाले समग्रमा पुस्तक एकदमै उपयोगी भएको धारणा राख्नु भयो । साथै उहाँहरुले पुस्तकले दिन खोजेको कु्रा एकदमै उपायोगी रहेको र सरोकारवालाहरुले पुस्तक पढने हो भने ज्यादै सहयोगी हुने धारणा समेत राख्नुभयो । पुस्तकका लेखक कृष्णहरि वाँस्कोटाले कुनै पनि सूचना प्राप्त गर्न सुचना आयोगको महत्वपूर्ण भुमिका हुने वताउनुभयो । साथै उहाँले आफ्नो पुस्तक पनि जनताले कसरी सजिलै सूचना पाउने भन्ने विषयकै केन्द्रमा रहेको जानकारी दिनुभयो । त्यस्तै सोही कार्यक्रममा वरिष्ठ पत्रकार किशोर नेपालले सूचना आयोग जस्तो महत्वपूर्ण आयोगलाई संवैधानिक मान्यता दिइनुपर्ने धारणा राख्नुभएको थियो ।