११ माघ २०७२, सोमबार

सिंहदरवार देशकै प्रशासनिक केन्द्र हो । प्रधानमन्त्री, सभामुखदेखि करिबकरिब सबै मन्त्री, मुख्यसचिव आदिको आसन रहने प्रशासनिक केन्द्रमा यतिबेला तनाव थपिदिएको छ, कुकुरले । कुकुरले अति दुःख दिएपछि यतिसम्म भयो कि सचिवहरुले मुख्यसचिवलाई यसबारे ध्यनाकर्षणसमेत गराउनुप¥यो ।

vlcsnap-2016-01-25-17h43m31s169 vlcsnap-2016-01-25-17h43m37s223 vlcsnap-2016-01-25-17h43m45s53 vlcsnap-2016-01-25-17h43m51s109

यो देशकै प्रशासनिक केन्द्र सिंहदरवारभित्रको दृश्य । जहाँ ४० भन्दा बढी भुस्याहा कुकुरहरुले आतंक सिर्जना गरिरहेका छन् । मन्त्रालयको गेटमा होस् या सडक, सबैतिर भुस्याहा कुकुरको बिगबिगी छ । अझ क्याण्टिनतिर जाने हो भने त कुकुरले दिनुसम्मको दुख दिएको छ । यतिसम्मकी पकाएको खानेकुरासमेत कुकुरले खाइदिने गरेको छ भने क्यान्टिनमा खाजा खान आउने ग्राहकहरुलाईसमेत साह्रै समस्या दिएको छ । सिंहदरवारभित्र भुस्याहा कुकुरको सङ्ख्या बढेको भन्दै क्यान्टिन सञ्चालकले दुखेसो गरिरहेका छन् ।

vlcsnap-2016-01-25-17h44m59s16vlcsnap-2016-01-25-17h44m54s224

सिंहदरवाभित्र कुकुरले दिनानुदिन समस्या थपिदिएपछि केही दिनअघि मन्त्रालयका सचिवहरुले मुख्यसचिवलाईसमेत यसबारे ध्यनाकर्षण गराएका थिए । सडकमा गाडी चलाउँदा बाटोमा समस्या हुनेदेखि कुकुरले दिशापिसाब गरेर फोहोर बनाएको भन्दै सिंहदरबारबाट भुस्याहा कुकुर हटाउन पहल गरिदिन सचिवहरुले आग्रह गरेका थिए ।

vlcsnap-2016-01-25-17h44m47s160vlcsnap-2016-01-25-17h44m45s134

सिंहदरबारमा भुस्याहा कुकुरले पटकपटक समस्या थपिदिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउने बेलामा सिंहदरबारबाट कुकुर गायब पारिएका थिए । तर अहिले फेरि सिंहदरबारमा भुस्याहा कुकुरले समस्या सिर्जना गरिदिएको छ । अहिले त कुकुरका साना साना छाउराहरुसमेत थपिएकाले क्यान्टिनमा खाजा खान पनि समस्या भइरहेको छ । उपत्यकाका भुस्याहा कुकुरहरको ब्यवस्थापनको जिम्मा काठमाडौं महानगरपालिकाको भएपनि प्रशासनिक केन्द्रमै भएको कुकुर आतंकबारे महानगरपालिका बेखबर छ ।

vlcsnap-2016-01-25-17h44m37s53vlcsnap-2016-01-25-17h44m34s24

प्रतिक्रिया दिनुहोस्
LIVE TV