११ माघ २०७२, सोमबार

व्यवस्थापिका संसदको अन्तराष्ट्रिय सम्वन्ध तथा श्रम समितिले वैदेशिक सहायता परिचालन सम्बन्धमा स्पष्ट नीति तथा त्यस सम्बन्धी ऐन ल्याउन सरकारलाई निर्देशन दिएको छ । समितिको आज बसेको बैठकले वैदेशिक सहायता पारदर्शी र प्रभावकारी रुपमा राष्ट्रहितमा परिचालन गर्नका लागि अबिलम्ब वैदेशिक सहायता ऐन ल्याउन अर्थमन्त्रालयलाई निर्देशन दिएको हो । वैदेशिक सहायता पारदर्शी र प्रभावकारी ढंगले सदुपयोग हुन नसकेको तथा समय समयमा वैदेशिक सहायताबाट प्राप्त रकमका सम्बन्धमा नकारात्मक टिप्पणी आउने गरेको भन्दै समितिले त्यसतर्फ गम्भीर बन्न मातहतको मन्त्रालयलाई निर्देशन दिएको हो । त्यसैगरी समितिले वैदेशिक सहायता स्वीकार गर्दा राष्ट्रिय हित अनुरुप प्राथमिकताका योजनामा सरकारी संयन्त्र मार्फत खर्च गर्ने गरी वैदेशिक सहायता स्वीकार्न पनि निर्देशन दिएको समिति सभापति प्रभु साहले जानकारी दिनुभयो ।

 

LIVE TV