११ माघ २०७२, सोमबार

भारतको राजधानी नयाँ दिल्लीबाट काठमाडौँ आउँदै गरेको जेट एयरवेजको जहाजमा बम रहेको आशंकामा आतंक मच्चिएको छ । जेटको फ्लाइट ढध्(द्दटण् मा बम हुनसक्ने खबर आएपछि छानबिन सुरु गरिएको भारतीय समाचार एजेन्सी एएनआईले जनाएको छ ।
एएनआईका अनुसार जेट एयरले जहाजमा रहेका सबै १ सय ४ यात्रु र चालक दलका सात सदस्यलाई बाहिर निकाली जहाजभित्र सर्च सुरु गरेको छ । विस्तृत विवरण आउन बाँकी छ । जेट एयरवेजले विज्ञप्ति जारी गर्दै दिउँसो १ बजेर २५ मिनेटमा काठमाडौँका लागि उड्नु पर्ने जहाज सेक्युरिटी अलर्टका कारण ढिला भएको जनाएको छ । सबै १ सय ४ यात्रु र ७ चालक दलका सदस्यलाई जहाजबाट बाहिर निकाली दिल्ली विमानस्थलको प्रतीक्षा गर्ने ठाउँमा सारिएको र सुरक्षाकर्मीहरुले जहाजभित्र सर्च गरिरहेको जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV