११ माघ २०७२, सोमबार

काठमाडौँ । व्यवस्थापिका–संसद्, अर्थ समितिले बैंकिङ, कर्मचारी सञ्चय कोष र लेखा परीक्षण ऐन संशोधनका लागि सात–सात सदस्य रहने गरी दुई उपसमिति गठन गरेको छ ।

BICC-Nepal

समितिको आज बसेको बैठकले बैंकिङ कसुर सजाय ऐनलाई संशोधन गर्न बनेको विधेयक २०७१ सदस्यीय समिति गठन गरेको छ ।

त्यसैगरी कर्मचारी सञ्चय कोष (नवौं संशोधन) विधेयक, २०७१ र लेखा परीक्षण ऐनलाई संशोधन गर्न बनेको विधेयक २०७१ का विषयमा छलफल गर्न अर्को उपसमिति बनाउने निर्णय गरेको हो ।

व्यवस्थापिका–संसद्ले समितिमा पठाएको विधेयकलाई यथाशक्य टुङ्ग्याउन र परिष्कृत तुल्याउन उपसमिति गठन गरिएको समितिका सभापति प्रकाश ज्वालाले जानकारी दिनुभयो ।

गठित उपसमितिलाई विधेयकका विषयका विषयमा छलफलको विधि तथा संयोजकसमेत आफँै तोक्नका लागि निर्देशनसमेत दिने निर्णय गरिएको उहाँले बताउनुभयो । रासस

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV