११ माघ २०७२, सोमबार

सोमवार शेयर बजार २ दशमलव ८१ अंकले बढेर १ हजार २ सय २२ दशमलव ४३ अकंले बृद्धिसहित नेपाल स्टक एक्सचेन्जले फेरि पनि नयाँ उचाइ लिएको छ । सोमवार नेपाल स्टक एक्सचेन्जमा पाँच कम्पनीको सेयर कारोबार दुई करोडमाथि पुगेको छ । नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक सबैभन्दा वढी तीन करोड ९० लाख रुपैयाँको भएको छ । सोमवार दिनभरीमा कुल ४९ करोड २० लाख रुपैयाँको सेयर कारोबार भएको छ । यसमध्ये २ करोड ९४ लाखको एनएमबी बैंकको, सानिमा बैंकको २ करोड ६८ लाख, ग्लोबल आइएमइ बैंकको दुई करोड १४ लाख र नेपाल लाइफको दुई करोड दुई लाख रुपैयाँको कारोबार भएको छ । सोमवार दिनभरीमा ९९ कम्पनीको सात लाख ५६ हजार १७२ कित्ता सेयर कारोबार भएको छ । सबैभन्दा वढी कित्ता एनएमबी बैंकको ५९ हजार ४७६ कित्ता कारोबार भएको छ । बैंकिङ समूहले बजारलाई उकासेको हो । बैंकिङ ६ दशलव ६६ अंकले बढेको छ । बिमा २ दशमलव ७६ र फाइनान्स ० दशमलव १७ अंकले बढेको छ भने बाँकी सुचक घटेको नेपाल स्टक एक्सचेन्जल जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV