१० माघ २०७२, आईतवार

१० बर्षे सशस्त्र युद्धको समयमा नेपाली सेनाको डरले भाग्ने गाउँलेहरु शान्ति स्थापनासँगै एकअर्कामा हातेमालो गर्दै अघि बढन थालेका छन् । द्धन्दकालमा सेनाको नाम सुन्नेबित्तिकै त्राहिमाम हुनेहरु त्यही सेनाले गाउँलेका लागि औषधि र डाक्टर बोकेर आएपछि सेना र सर्बसाधरणबीचको सम्बन्ध प्रगाढ बन्दै गएको हो ।

vlcsnap-2808-05-19-07h05m06s090
लमजुङको भूकम्प प्रभावित क्षेत्र तथा जिल्लाकै विकट मानिने ढोडेनी गाविसमा नेपाली सेनाले स्वास्थ्य शिविरको आयोजना गरी गाउँलेहरुलाई राहत दिएको छ । गरिब, विपन्न, असहाय नागरिकलाई लक्षित गरी जिल्लास्थित पशुपति प्रसाद गणले एकदिने स्वास्थ्य शिविरको आयोजना गरेको हो । बैशाख १२ गते गएको भुकम्प, भारतीय नाकाबन्दीका कारण आवतजावतमा समस्या परेको भन्दै पूर्बी लमजुङको ढोडेनी, फलेनी, बन्सार लगायत गाविसका ४ सय बढि नागरिकहलाई सेनाले विभिन्न प्रकारका स्वास्थ्य सेवा उपलब्ध गराएको हो । सेनाले चितवनको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सबाट १८ जना विभिन्न रोगका डाक्टरहरु ल्याएर दुर्गम बस्तीका नागरिकहरुलाई स्वास्थ्य सेवा प्रदान गरेको हो ।एक दिने स्वास्थ्य शिविरमा नेपाली सेनाले मुटु, हडड्ी, पेट, नाक, कान, घाँटी, प्रेसर, दाँत र आँखा जाँच सम्बन्धिको सेवा दिएको थियो । विगतमा नेपाली सेना देख्ने बित्तिकै आफुहरु भागेको र अहिले तिनै सेनाहरु औषधि लिएर स्वास्थ्य सेवा दिन आएको प्रति गाउँलेहरु निकै खुसी भएका छन् । शिविर संचालन गरिएको गाउँ निकै दुर्गममा भएकोले उपचारका लागि सदरमुकाम बेसीशहर, काठमाडौ, पोखरा, चितवन लगायतका ठाउँमा जान मुश्किल भएको गाउँलेको भनाई छ । सेनाले निशुल्क स्वास्थ्य शिविर आयोजना गरेकोले गाउँलेहरु सेनाप्रति निकै आभारी देखिए । द्धन्दकालीन समयमा बिग्रिएको सम्बन्धलाई पनि स्वास्थ्य शिविरले सुधारेको नेपाली सेनाको भनाई छ । शिविरमा आएका बिरामीहरुको स्वास्थ्य परीक्षणपछि निशुल्क औषधि समेत वितरण गरिएको थियो । शिविरमा ग्यास्ट्रिक, चिसोका कारण हाडजोर्नी दुख्ने विरामी, आँखा नदेख्ने, महिलाको पाठेघर खस्ने, दाँत सम्बन्धी रोग भएका र प्रेसरका बिरामीका साथै चिसोका एलर्जीका विरामीहरु अत्याधिक रहेको नेपाली सेनाका स्वास्थ्य टोलीले जनाएको छ । शिविरमा पशुपति प्रसाद गणका गणपति शुभाङ्गद कटवाल, कलेज अफ मेडिकल साइन्स भरतपुर डाइरेक्टर डाक्टर राजेश कुमार यादव, सेनानीहरु मन बहादुर लामा, मोहनकाजी श्रेष्ठ, सुनिल घिमिरे लगायतको सक्रिय सहभागित रहेको थियो ।

LIVE TV