
उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कमल थापाले असल छिमेकीको भूमिकामा चीन अटल रहेको बताउनुभएको छ । उहाँले चीनसंगको साझेदारीमा आर्थिक विकासका कार्यक्रमहरु अघि बढाइने जानकारी समेत दिनुभयो ।
नेपाल चीन मैत्री सम्वन्धको ६० औ बार्षिकउत्सवका अवसरमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री थापाले चीन संधै नेपालको असल छिमेकी रहेको बताउनुभएको हो । उँहाले नेपाल र चीनको सम्बन्ध परापुर्वकालदेखि नै सौहाद्रपूर्ण रहेको बताउनुभयो । उहाँले चीनले नेपालकको आर्थिक सामाजिक विकासको क्षेत्रमा सहयोगी भुमिका खेलेको जानकारी पनि दिनुभयो । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री थापाले चीन विश्व कै अर्थतन्त्रमा शतिmशाली देशको रुपमा उदाएका कारण त्यसको फाइदा नेपालले लिन सक्ने बताउनुभयो । उँहाले चीनका राष्ट्रपति सि जिङ पीङसँगको भेटमा जिङ पीङका विचारबाट आफु प्रभावित भएको पनि बताउनुभयो उँहाले नेपाल अब चीन सँगको आर्थिक विकासको क्षेत्रमा अघि बढिसकेको जानकारी दिनुभयो । चीनसँगको साझेदारीले नेपालको आर्थिक विकास हुनेमा उहाँ विश्वस्त हुनुहुन्छ ।