१० माघ २०७२, आईतवार

 

सविधान सशोधन बिद्येयक ससदबाट पारित भए लगत्तै शेयर बजारले नयाँ उचाई कायम गरेको छ । आइतवार शेयर बजारमा ७ दशमलव ३ अकले बढेर १२ सय १९ अकमा कारोवार भई नयाँ रेकर्ड कायम भएको हो । केही समय यतादेखि सुधारको क्रममा रहेको नेप्से परिसुचक आइतवार पुनः नयाँ उचाईमा पुगेको छ । यस अघि १२ सय १४ अकमा सम्म पुगेको कारोवार आइतवार ७ अँक भन्दा बढीले बृद्धि भई १२ सय १९ अँक भन्दा बढीले बढेर नयाँ रेकर्ड कायम गर्न सफल भएको छ । शनिवार राती सँसदबाट सविधान सशोधनको बिद्येयक पारित भए पछि लगानीकर्ताहरु शेयरमा उत्साहित भएको बिश्लेषकहरुले बताएका छन । गत सातादेखि नेपाल स्टक एक्सचेन्जले शेयरमा डिम्याट प्रणाली लागु गरे पछि पनि शेयर कारोवारमा सुधार भएको थियो । आइतवार अधिकाँस समूहको शेयर कारोवारमा बृद्धि भएको छ । बाणिज्य बैक, बिकास बैक, होटल र विमा समूहको शेयर कारोवार सवै भन्दा बढी अकले बढेको नेप्सेले जनाएको छ । आइतवार ५४ करोड १७ लाख रुपैया बराबरको शेयर कारोवार भएको छ ।

 

LIVE TV