१० माघ २०७२, आईतवार

उपप्रधान तथा रक्षामन्त्री भीम रावलले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले उठाएको प्रमुख माग संविधान संशोधनबाट पुरा भएको दावी गर्नुभयो । उहाँले बाँकी मागको विषयमा छलफल गर्न मोर्चालाई छिट्टै वार्तामा बोलाउने जानकारी पनि दिनुभयो ।
काठमाण्डौंमा आयोजित कार्यक्रममा उपप्रधान तथा रक्षामन्त्री रावलले बन्द, हडताल, हिंसात्मक गतिविधी र अरु दललाई निषेध गर्ने कार्य बन्द गरेर सार्थक बार्तामा आउन मोर्चालाई आग्रह गर्नुभयो । उहाँले सरकार बार्ताबाट समस्या समाधान गर्न तयार रहेको स्पष्ट पार्नुभयो । उपप्रधानमन्त्री रावलले सीमांकन बाहेकका अरु विषयमा मधेसी मोर्चासँग सहमतिको निकट रहेपनि सीमांकन गर्दा मधेसमा यति प्रदेश बनाउनु पर्ने भन्ने अडानका कारण सहमति हुन नसकेको जानकारी दिनुभयो । समानुपातिक र निर्वाचन क्षेत्र निर्धारण सकारात्मक भए अरु विषयमा कुरा गर्न सजिलो हुन्छ भनेकोले आफूहरुले संसोधन प्रक्रिया निष्कर्षमा पु¥याएको बताउनुभयो । उपप्रधानमन्त्री रावलले नागरिकताको सवालमा अंगिकृत नागरिकता नपाउने भनेर कुप्रचार गरेर नागरिक भड्काउन खोजेको आरोप लगाउनुभयो । नेपाली नागरिकसँग विवाह गर्ने विदेशी महिलाले अंगिकृत नागरिकता पाउनेस्पष्ट ब्यवस्था रहेको उहाँले बताउनुभयो ।

LIVE TV