१० माघ २०७२, आईतवार

म्याग्दी जिल्लाको हिस्तान गाविस–९ दोसल्लेमा चितुवा मारेर त्यस्को छाला सुकाएको अवस्थामा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । चितुवाले सताएको भन्दै म्याग्दीका गाउँहरुमा पासोमा पारेर चितुवा मार्ने क्रम तीब्र बनेको छ । रोल…
जिल्ला प्रहरी कार्यालय म्याग्दीले आईतबार ३५ वर्षीय हिकबहादुर पुर्जालाई उनको साथबाट बरामद भएको चितुवाको छाला सहित सार्वजनिक गरेको हो । पासोमा चितुवा मारेर छाला सुकाएको अवस्थामा माघ ९ गते पुर्जालाई उनकै घरबाट प्रक्राउ गरिएको प्रहरी नायव उपरीक्षक विश्वराज खड्काले जानकारी दिनुभयो । उहाँले चितुवा मार्ने कार्यमा पुर्जा सहित अन्य ब्यक्तिको समेत सहभागिता रहेको हुनसक्ने भन्दै चितुवाको मासु खानेलाई समेत अनुसन्धानको दायरमा ल्याउने बताउनुभयो । सीमा प्रहरी चौकी भुरुङ्ग तातोपानीका प्रहरी नायव निरीक्षक सोमन छन्त्याल र घार प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक अर्जुन शर्माको नेतृत्वमा खटिएको टोलीले पुर्जाको शौचालयको बाहिरी पर्खालमा सुकाएको अवस्थामा चितुवाको छाला र अन्य अंगहरु बरामद गरेको थियो ।

vlcsnap-2016-01-24-17h18m03s708 vlcsnap-2016-01-24-17h18m17s270

गाउँमा चितुवाले सताएपछि तर्साउन राखेको पासोमा परेर चितुवा मरेको अभियुक्तले बताएका छन् । ४० ईञ्च लम्बाईको शरीर, ३० ईञ्च लामो पुच्छर र १८ ईञ्च चौडाई भएको छिर्केमिर्के चितुवाको एक थान छाला, चितुवा मार्न प्र्रयोग भएको फलामको तारको पासो, चितुवाको दा¥हा बरामद गरिएको छ । अभियुक्त पुर्जालाई बन्यजन्तु ऐन अन्र्तरगत कारवाहीका लागि बन कार्यालयलाई सिफारिस गरिएको छ । जिल्लाको ग्रामीण क्षेत्रमा बन्यजन्तुको चोरी शिकारी बढिरहेको छ । यस अगाडि पनि एकजनालाई चितुवासंगै पक्राउ गरेर कारवाही गरिएको थियो ।

vlcsnap-2016-01-24-17h18m44s050vlcsnap-2016-01-24-17h18m24s995

LIVE TV