९ माघ २०७२, शनिबार

श्री भद्रकाली १२ बर्षे खड्गसिद्धि जात्रा काठमाडौंको असनमा पुगेको छ । दशैँको टिकाको दिन हनुमानढोकाबाट ल्याइएको मल्लकालीन खड्कसँग भद्रकालीले खड्गसिद्धी गरी यो नाँच सुरु भएको हो । काठमाडौंको बिभिन्न टोल तथा स्थानमा नाँच पु¥याउने चलन अनुसार शुक्रवार र शनिवार नाँचको पहिलो कार्यक्रम अन्र्तगत असनमा भद्रकाली लगायत अष्टमातृका गणको नृत्य सुरु भएको छ ।

vlcsnap-3535-12-05-07h07m33s459 vlcsnap-9942-08-01-09h50m25s267

कान्तिपुर नगरलाई घेरिएर रहेको आठ मातृकाहरुमध्येको एक भद्रकालीको १२ बर्षमा एक पटक नाँच हुने गर्दछ । नाँचको पहिलो दिन भैरववाट नाँच सुरु गरिन्छ र नाँच सम्पन्न भएपछि बलि पुजा गरी पहिलो दिनको जात्रा सम्पन्न हुने गर्दछ । दोस्रो दिन गणेशवाट नाँच सुरु भई क्रमशः ब्रह्मायणी, रुद्रायणी, कौमारी, वैष्णवी, वाराही, धुम्वा र सिम्वको नाच हुन्छ । यी नाँचहरु सकिएपछि वलि पूजा गरिन्छ र त्यसपछि सवै देव गण र खलकका गुरु नायः हरुलाई प्रसाद दिने चलन रहेको जात्राका जानकारहरु बताउछन् । त्यस्तै असिमाले दैत्य वध गरी नृत्य गरेपछि जुन स्थानमा नाँच भएको त्यहाँको नाँच विधिवत रुपमा समापन हुने पनि स्थानीयवासी वताउँछन् । यो नाँच नाच्दा देशमा सुख शान्ति कायम हुने र देश,जनता सवैको रक्षा तथा कल्याण हुने विश्वास गरिन्छ । यो नाँच विभिन्न स्थानमा करिब नौ महिनासम्म नचाएर असारको अष्टमीको दिन अन्त्य हुने जात्रा आयोजकहरु वताउँछन । परापूर्वकालदेखि चल्दै आइरहेका यस्ता जात्राहरु गर्दा मनोकांक्षा पूरा हुने, विभिन्न किसमका संकटवाट मुक्त हुने विश्वास गरिन्छ ।

LIVE TV