९ माघ २०७२, शनिबार

इन्टरनेट सर्च इन्जिन गुगलले एक अर्ब ३० करोड पाउण्ड स्टर्लिङ कर तिर्ने भएको छ । आफ्नो खाताको बेलायती कर कार्यलयले गरेको खुल्ला अडिटपछि गुगल कर तिर्न सहमत भएको हो ।

google-building
गुगलले अव एक अर्ब ३० करोड पाउण्ड स्टर्लिङ अर्थात झण्डै दुई खर्ब ७५ करोड ३८ लाख भन्दा धेरै थप कर तिर्ने भएको हो । गुगलमाथि आफ्नो शेयरको पारदर्शी रुपमा कर नतिरेको आरोप लागेको थियो । गुगल युरोपका प्रमुख म्याट ब्रिटिनले आफूहरु बेलायतमा थप कर तिर्नका लागि सहमत भएको बताएका छन् । आफूहरुले करको उचित मात्रा तिर्न चाहेको ब्रिटिनले बताए । ६ वर्षको अनुसन्धानपछि गुगल थप कर तिर्न सहमत भएको हो । गुगलले बेलायतमा सन् २०१३ मा २० करोड ४० लाख पाउण्ड स्टर्लिङ कर तिरेको थियो । गुगल आफ्नो लेखा प्रणाली परिवर्तन गर्न पनि तयार भएको छ । अब गुगगले आफ्नो कारोबारको बढी हिस्सा आयरल्याण्डमा नभइ बेलयतमा दर्ता गर्नेछ ।

LIVE TV