
क्यानडाको एक विद्यालयमा बन्दुकधारीले अन्धाधुन्द गोली प्रहार गर्दा ४ जनाको ज्यान गएको छ । क्यानडाको पश्चिमी प्रान्त सस्केचेवानको एक विद्यालयमा बन्दुकधारीले अन्धाधुन्द गोली चलाउँदा अन्य केही घाइते भएका छन् ।
ला लोचे कम्युनिटी विद्यालयमा पसेर एक बन्दुधारीले अन्धाधुन्द गोली चलाएका हुन् । ती व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । विद्यालयबाट बालबालिकालाई सुरक्षित स्थानमा सारिएको सरकारी अधिकारीहरुले बताएका छन् । १२ कक्षासम्म पढाइ हुने विद्यालयमा झण्डै नौ सय विद्यार्थी अध्ययनरत छन् । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रडोले यो घटना निकै दुखद भएको बताएका छन् । आक्रमणकारीले ६ राउण्ड भन्दा धेरै गोली प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।