९ माघ २०७२, शनिबार

एकाएक चिसो बढेसंगै पूर्वी नेपालमा विरामीको संख्यामा वृद्धि हुदै गएको छ । विषेश गरी धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान , विराटनगरको नोवेल मेडिकल कलेज, कोशी अञ्चल अस्पतालमा विरामीको संख्या ह्वात्तै बढेको हो । चिसोको कारण बालबालिका तथा वृद्धवद्धाहरु बढि प्रभावित भएका छन् ।
एकसाता अगाडिदेखि तराईमा बढेको शीतलहर र पहाड तथा हिमाली भोगमा परेको हिउका कारण अत्याधिक चिसो बढेसंगै यसको प्रत्यक्ष असर बालबालिका तथा वृद्धावृद्धामा परेको छ । केही दिनदेखि तराईमा बेढेकै शीतलहरकै कारण दैनिक ७० देखि ७५ जना वृद्धवृद्धा दम, खोकी, मुटु र निमोनिया जस्ता रोगबाट प्रभावित भएर उपचारमा आउने गरेको र ६० देखि ७० जना बालबालिका निमोनियाका कारण आउने गरेको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जानकारी दिएको छ । चिसोकै कारण केही विरामीको उपचारकै क्रममा मृत्यु हुने गरेको समेत प्रतिष्ठानका चिकित्सकहरुले जानकारी दिएका छन् । तराईमा बढेको शीतलहरका कारण प्रतिष्ठानको आकस्मिक कक्षमा मात्र २५ देखि ३० वृद्धावृद्धा फोक्सो, निमोनिया, खोकीको समस्याले आउने गरेको प्रतिष्ठानका निर्देशक प्रा.डा. अरविन्दा सिन्हाले जानकारी दिनुभयो ।

vlcsnap-5226-07-05-10h00m41s819
पुराना रोगीहरुसमेत चिसोका कारण रोग बल्झिएर आउने गरेकाले पनि रोगीको संख्या बढेको मेडिसिन विभागका चिकित्सक पुरु कोइालाले जानकारी दिनुभयो । चिसो बढेसंगै प्रतिष्ठानको जिओपिडीमा मात्र १ सयदेखि १ सय ५० जना विरामी आउने गरेको पाइएको छ भने बाल आकस्मिक कक्षमा समेत निमोनियाबाट ६० देखि ७० जना सम्म आउने गरेको प्रतिष्ठानले जानकारी दिएको छ । अन्य समयमा भन्दा चिसोका समयमा यस्ता रोगीहरु बढी आउने उपचारमा सलग्न चकित्सकहरुले बताएका छन ।

LIVE TV