९ माघ २०७२, शनिबार

पूर्व युवराज पारस शाहले वसन्तपुरमा रहेको कुमारी मन्दिरको दर्शन गर्नुका साथै पूजाआजा पनि गर्नुभएको छ । शनिवार विहान आफ्ना समर्थक र कडा सुरक्षाकाबीच वसन्तपुर पुग्नुभएका पूर्व युवराज शाहले कुमारीको दर्शन गर्नुभएको हो । पछिल्लो समय थाइल्याण्डवाट फर्केयता उहाँले विभिन्न शक्तिपिठहरुको दर्शन गर्दै आइरहनुभएको छ । कुमारीको दर्शन पश्चात पारस लाई केही बोल्न अनुरोध गर्दा समेत उहाँले वोल्न अस्वीकार गर्नुभयो । तर उहाँको समर्थकहरुले भने राजतन्त्रको पक्षमा नारावाजी समेत गरेका थिए ।

vlcsnap-9732-10-10-15h11m59s391

LIVE TV